काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि तरबार बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउनु पर्ने बताएका छन् ।
‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हुँदैहैन ! अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो !’ डा.भट्टराईले शनिबार ट्वीटरमा उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले पहिला अगाडि आएको बाघलाई लघार्नु पर्ने र पछाडिका स्यालहरूसँग लड्न कुनै गल्ती गर्न नहुने स्पष्ट पारेका छन् । ‘अगाडि आएको बाघलाई पहिले लघारौ ! पछाडिका स्यालहरूसंग लड्दै गरौंला ! कुनै गल्ती नगरौं !’ डा.भट्टराईले थप भने ।
ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन;अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो!अगाडि आएको बाघलाई पहिले लघारौ;पछाडिका स्यालहरूसंग लड्दै गरौंला!कुनै गल्ती नगरौं!
— Baburam Bhattarai (@brb1954) March 20, 2021