काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक सकिएको छ । बैठकले विधानलाई संशोधनसहित पारित गरिएको सचेतक विशाल भट्टराईले जानकारी दिए ।
आइतबार बसेको संसदीय दलको बैठकमा कार्यदलले विधान प्रस्तुत गरेको थियो । बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेस गरेको संसदीय दलको विधान संशोधनसहित पारित भएको हो ।
कार्यदलमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य थिए । उनका अनुसार आजै बस्ने केन्द्रीय कमिटी बैठकबाट विधान अनुमोदन गर्ने छ ।
एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका थिए । उनीसहित १० जना सांसदले धारणा राखेका छन् ।
यता खनाल-नेपाल समूहले भने बैठक बहिस्कार गरेको थियो ।