काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता कृष्णभक्त पोखरेलले गुट परिवर्तन गरेका छन् ।
उनी शनिबार (७ चैत) मा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किएका हुन् ।
उनले प्रधानमन्त्री र संसदीय दलको नेता फेर्ने कुरामा आफ्नो नेपाल-खनाल समूहसँग असन्तुष्टि रहेको बताए ।
प्रमूख सचेतक विशाल भट्टराईका अनुसार उनले अब ओलीलाई नै बाँकी कार्यकाल प्रधानमन्त्री मान्नुपर्ने धारणा राखेका थिए ।
‘माधव नेपाल समूहले भेला गर्नुपर्छ । पार्टीमा गुट चलाउनुपर्छ भन्नुभएको छ । तर, अब प्रधानमन्त्री र दलको नेता फेर्न हुन्न भन्ने मेरो धारणा हो । त्यसैले अब म मुलधारको एमालेमा हुन्छ। केही गल्ती भएको भए माफी चाहन्छु,’ पोखरेलको भनाई उदृत गर्दै भट्टराईले भने ।