काठमाडौं- राष्ट्रपतिको विद्यादेवी भण्डारीको भोलिदेखि दुई दिने बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उक्त भ्रमणका क्रममा राष्ट्रपति बंगलादेशका राष्ट्रपति शेख मुजबुर रहमानको सतवर्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
सो कार्यक्रमा भण्डारीले नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने छिन् । राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ ।
तत्पश्चात् भण्डारी समकक्षीले आयोजना गर्ने रात्रीभोजमा सरिक हुने छिन् । त्यसपछि उनी त्यहाँको शहिद स्मारिकाको भ्रमणमा निस्कने छिन् ।
भण्डारीसँग भ्रमण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् ।