दिपक-दिपाको होली गीत सार्वजनिक, अटाएनन् जितु-Sutra News

दिपक-दिपाको होली गीत सार्वजनिक, अटाएनन् जितु

आइतबार, ८ चैत्र २०७७

आइतबार, ८ चैत्र २०७७

काठमाडौं- ‘छक्का पन्जा’ टिमले नयाँ गीत सार्वजनिक गरेको छ । यस टिमले होलीलाई लक्षित गरि ‘धनियाँ के होली’ टाइटल रहेको गीत सार्वजनिक गरेको हो ।



गीतलाई दिपाश्रीले निर्देशन गरेकी छिन् भने गीतमा फिमेल आवाज पनि दिपा कै रहेको छ । साथै यस गीतमा दिपाश्री नै प्रमुख मोडलको रूपमा देखिएकि छिन् । दिपाको अलवा गीतमा जम्मु टोली रहेको छ ।

दिपकराज गिरी, केदारप्रसाद घिमिरे, किरण के.सी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल लागायतका कालाकारको समेत सो गीतमा नृत्य रहेको छ ।

तर एउटा कुरा के भने यस गीतमा जितु नेपाल आटाएका छैनन् । यतिका कलाकार आटाएको म्युजिक भिडियोमा जितु अटाउन सकेनन् ।

गीतमा जितु नेपाल किन अटाएनन्,,यो हामीलाई थाहा भएकै कुरा हो । जब मुन्द्रेको कमेडी क्लव सिजन–२ बाट दिपाश्री को अध्यक्षको पद काटियो । त्यसपछि जितु नेपालको पनि छक्क पन्जा समुहसँगको सहकार्य काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट