थप ७७ जनामा कोरोना, १०६ भए निको-Sutra News

थप ७७ जनामा कोरोना, १०६ भए निको

आइतबार, ८ चैत्र २०७७

आइतबार, ८ चैत्र २०७७

काठमाडौं- नेपालमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०६ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ९२१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट