कोरोना त्रासः सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध-Sutra News

कोरोना त्रासः सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

आइतबार, ८ चैत्र २०७७

आइतबार, ८ चैत्र २०७७

काठमाडौं- छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।



आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।

उनले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका हुन् ।

सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन् ।

ExAC9kvUYAAv6dL.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट