कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा ?-Sutra News

कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा ?

सोमबार, ९ चैत्र २०७७

सोमबार, ९ चैत्र २०७७

काठमाडौं- साझा एजेन्डा तय गर्न नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।



सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय पदाधिकारीसँग छलफल गरेका थिए ।

बैठकमा राख्नका लागि आफ्नो पक्षको रणनीति बनाउन छलफल गरिएको नेताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट