काठमाडौं- नेकपा एमाले केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार खनाल-नेपाल पक्षका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरूलाई स्पष्टीकरण सोधेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारैजना नेताहरूलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको हो ।
‘बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ’, रिजालले भने ।
शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।