धुर्मुस-सुन्तलीको मेची-महाकाली अभियानले उठाउला रगंशाला बनाउने रकम ?-Sutra News

धुर्मुस-सुन्तलीको मेची-महाकाली अभियानले उठाउला रगंशाला बनाउने रकम ?

सोमबार, ९ चैत्र २०७७

सोमबार, ९ चैत्र २०७७

काठमाडौं- धुर्मुस सुन्तली फाउन्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ ।



जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान थालिएको छ । यो अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन् ।

भोलिदेखि पश्चिमको कञ्चनपुरबाट यो अभियानको शुरुवात हुने बताइएको छ । उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेन छन् ।

उक्त टोलीलाई, सोमबार बिहान रगंशालाकै मजदुरहरूले टीका र माला लगाई चार हजार चारसय पाँच रुपैयाँ सहयोग गरेर बिदाई गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट