निम पानी खानुका फाइदा-Sutra News

निम पानी खानुका फाइदा

मंगलबार, १० चैत्र २०७७

मंगलबार, १० चैत्र २०७७

काठमाडौं- निम स्वास्थका लागि निकै फाइदाजनक रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेको छ ।



यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निमपानीमा एन्टी-इन्फ्लेमेटरी, एन्टी-फंगल, एन्टी-ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन् ।

निमको पानी पिउने वा निमको पत्ती बिहान खाली पेटमा चपाउनाले दुखाई, घाउ, पेटको समस्या, कपाल झर्ने समस्यालगायत टाढा हुन्छन्।

निमको काडाँ वा यसको पानी पिउनुस् । निममा पाइने एन्टी इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी ब्याक्टेरियल पोषक तत्वले प्रतिरोधी क्षमता बलियो बनाउँछ ।

यदि गम्भिर रोगहरुबाट बच्न चाहनुहुन्छ भने आजैदेखि निम पानी पिउन सुरु गर्नुस् ।

दाँतका लागि लाभदाय निमको पानी पिउँदा मुख स्वस्थ रहन्छ । यसले दाँत र गिजासँग जोडिएका समस्या टाढा हुन्छन् । किनकी यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, यसले दाँतमा विद्यमान ब्याक्टेरिया सफा गर्छ ।

ब्याक्टेरिया मरेपछि सास र मुखबाट आउने गन्ध पनि टाढा भाग्छ । दाँतसँग सम्बन्धित धेरै समस्या यसले ठिक गर्छ ।

छाला र कपालका लागि निम पानी सेवन निकै फाइदाजनक छ । डण्डीफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स-साना खटिरा, दाग धब्बाजस्ता छालादेखि मौसमी समस्याहरुबाट पनि निम पानी सेवनले राहत दिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट