काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष ०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्ने लगायतका कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
त्यसैगरी आजको बैठकमा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन ०७७ पेस गर्ने सम्भावित कार्यक्रमसमेत रहेको जनाइएको छ ।
आज बस्ने बैठक संसद पुनर्थापना पछिको पाँचौं बैठक हो ।