काठमाडौं- नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमा नेकपा माओवादी केन्द्रले कानून व्यवसायीहरूसँग छलफल गरेको छ ।
मंगलबार पार्टी स्थायी कमिटी सदस्यहरूसहित सिंहदरबारमा भएको छलफलमा कानून व्यावसायीले फागुन २३ को सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जान सुझाव दिएका छन् ।
अदालतले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो ।
प्रमुख सचेतक देव गुरुङले पुनरावलोकनमा जान कानून व्यवसायीहरूले सुझाव दिएको जानकारी दिए ।
सुझावअनुसार चाँडै पुनरावलोकनमा जाने उनले बताए । छलफलमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, मुक्ति प्रधान, रमन श्रेष्ठलगायत सहभागी थिए ।