सेक्रेडस गेम्स अभिनेत्रीसँग सौगातको रोमान्स-Sutra News

सेक्रेडस गेम्स अभिनेत्रीसँग सौगातको रोमान्स

मंगलबार, १० चैत्र २०७७

मंगलबार, १० चैत्र २०७७

काठमाडौं-अभिनेता सौगात मल्ल नयाँ फिल्म ‘जार’ मा अनुबन्धित भएका छन् । भारतको सिक्किमा निर्माण हुन लागेको फिल्मका लागि सौगात सिक्किम पुगिसकेका छन् ।



फुुर्वा छिरिङ लामाले निर्देशन गर्ने यस फिल्ममा सौगात प्रमुुख भुमिकामा देखिदै छन् । त्यस्तै यस फिल्ममा अनुप विक्रम शाहिको पनि अभिनय रहने छ । सौगात र अनुपले तेस्रोपटक सँगै स्क्रिन सेयर गर्दैछन् ।

फिल्ममा अभिनेत्रीका रुपमा भने भारतीय अभिनेत्री गिताञ्जली थापा प्रमुख भूमिकामा देखिदै छिन् ।

गिताञ्जलीले हिन्दि फिल्म ‘लार्यस डायस’ बाट नेशनल अर्वाड समेत जितिसकेकी छिन् ।

फिल्म सत्य घटना आधारित रहेको बताएको छ । १८ सयको दशकतिर सिक्किमको समाजमा घटेको एक घटनालाई फिल्मले देखाउने छ ।

यहि बुधबारबाट फिल्मको छायांकन हुने छ भने फिल्मका अन्य कलकारहरू भारतीय कलाकार नै रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट