समारिका र स्मारिकाको ‘बनमा बयर पाक्यो’ सार्वजनिक-Sutra News

समारिका र स्मारिकाको ‘बनमा बयर पाक्यो’ सार्वजनिक

मंगलबार, १० चैत्र २०७७

मंगलबार, १० चैत्र २०७७

काठमाडौं- गायक सबिन चौहान र गायिका तथा कलाकार सन्ध्या बुढा (काउली बुढी) को आवाजमा रहेको नयाँ गीत ‘बनमा बयर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।



चर्तित गीतकार डिपी खनालले शब्द संकलन गरेको तथा शंकर थापा स्माईलले लय हालेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

पछिल्लो समयका टिकटक तथा म्युजिक भिडियोका चर्चित जुम्ल्याहा दिदी बहिनी समारिका र स्मारिका ढकालको साथमा डिमोन क्षत्री, रोनि लगायत बाल कलाकारहरु स्नेह चौलागाईं र सर्वज्ञ केसीले यस म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

अजय रेग्मीको छायाकंन तथा मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई बिक्रम चौहानले कोरियोग्राफी साथै निर्देशन गरेका हुन् ।

गायक सविन चौहानको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट