१८८ काेराेना संक्रमित थपिदा ७७ जना निको भए-Sutra News

१८८ काेराेना संक्रमित थपिदा ७७ जना निको भए

मंगलबार, १० चैत्र २०७७

मंगलबार, १० चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा एक सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

यस अवधिमा ७७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।  हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार १ सय २८ रहेको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार २ सय ४४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये दुई लाख ७२ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको छ । यसैगरी तीन हजार १९ जनाको कोरोनाले मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट