३९६३ मा पिसिआर गर्दा १४५ लाई कोरोना-Sutra News

३९६३ मा पिसिआर गर्दा १४५ लाई कोरोना

बुधबार, ११ चैत्र २०७७

बुधबार, ११ चैत्र २०७७

काठमाडाैं- नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९६३ मा पिसिआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा  ९० जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार १८७ पुगेको छ ।

कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट