रात्रिकालीन व्यावसाय सञ्चालन नगराउन ललितपुर जिल्ला प्रशासनको निर्देशन-Sutra News

रात्रिकालीन व्यावसाय सञ्चालन नगराउन ललितपुर जिल्ला प्रशासनको निर्देशन

बुधबार, ११ चैत्र २०७७

बुधबार, ११ चैत्र २०७७

काठमाडौं- ललितपुर जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन व्यावसाय सञ्चालन नगराउन निर्देशन दिएको छ ।



बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) को बैठकले रात्रिकालीन व्यावसाय सञ्चालन नगराउन निर्देशन दिएको हो ।

राति ११ बजेपछि सञ्चालन हुने व्यावसायमा रोक लगाउन प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

त्यस्तै, व्यावसायहरू सञ्चालन गर्दा भीडभाड नगर्न र स्वास्थ्य तथा सुरक्षाका मापदण्डको व्यवस्था मिलाउन भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट