चितवनको दासढुंगामा कार र ट्रक ठोक्कियो, दुईको मृत्यु, तीन घाइते-Sutra News

चितवनको दासढुंगामा कार र ट्रक ठोक्कियो, दुईको मृत्यु, तीन घाइते

बुधबार, ११ चैत्र २०७७

बुधबार, ११ चैत्र २०७७

चितवन- चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा बुधबार कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।



दिउँसो ४:२५ बजे भरतपुर महानगरपालिका-२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६८५९ नम्बरको कार ठोक्किएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका-४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका-७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका-३ का ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका-६ का ४० वर्षीय जसमान परियार गम्भीर घाइते भएका छन् ।

उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट