काठमाडौं- फिफा विश्वकप फुटबल छनोटमा पोर्चुगलले विजयी सुरूवात गरेको छ ।
विश्वकप छनोटअन्तर्गत युरोपियन छनोको पहिलो खेलमा बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोलले पराजित गरेको हो ।
पोर्चुगलको जितमा खेलको ३६औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।
जितसँगै छनौटको समूह ‘ए’ मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ ।