काठमाडौं- राइड सेयरिङ प्लेटफर्म पठाओको ज्याकेट लगाएर बाइक तथा ट्याक्सीमा सेवा दिन नपाइने भएको छ ।
कोरोना संक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओ अंकित कपडा नलगाउन राइडरलाई पठाओ नेपाल प्रालिले आग्रह गरेको हो ।
सुरुमा पठाओलाई प्रतिबन्ध लगाउनेगरी प्रक्रियाअघि बढाएको ट्राफिक प्रहरीले दबाब खेप्न नसक्ने भएपछि तत्काललाई पठाओ अंकित ज्याकेट लगाएर यात्रु बोकेमा कारबाही गर्ने जानकारी दिएको छ ।
ट्राफिक प्रहरीले पठाओलाई नै बन्द गर्न खोजेपछि पठाओ नेपाल प्रालिले कोरोनासंक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओ अंकित कपडामा रोक लगाउने निर्णय गरेको राजधानीमा प्रकाशित छ ।