सर्लाही- सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका-१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो ।
रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।