२८९१ जनामा परीक्षण गर्दा १२० जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

२८९१ जनामा परीक्षण गर्दा १२० जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, १२ चैत्र २०७७

बिहिबार, १२ चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८५ जना निको समेत भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ ।

यस्तै हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट