काठमाडाैं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक जारी छ ।
उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ ।
आजै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक राखेका छन् ।
दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक खनाल-नेपाल समूहका सांसदहरू पनि उपस्थित हुनेछन् ।
नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने बालुवाटार बैठकमा सहभागी हुने/नहुने टुंगो छैन ।