काठमाडौं- एमाले सांसद महेश बस्नेतले निलम्बित सांसद रेशम चौधरीलाई डिल्लीबजार कारागारमै पुगेर भेट गरेका छन् ।
ओली नेतृत्वको सरकारमा सहभागी हुन जसपाले चौधरीको रिहाईलाई मुख्य शर्त बनाइरहेका बेला प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र नेता बस्नेतले जेलमै गएर उनलाई भेटेका हुन् ।
जसपाले मुख्य एजेण्डा नै चौधरीको रिहाई हुनुपर्ने बताइरहेको छ । चौधरी टिकापुर घटनाको मुख्य दोषीका रुपमा जेल परेका हुन् ।
यस अघि जसपाकै नेता राजेन्द्र महतोले उनलाई जेलमै पुगेर भेटेका थिए ।