ह्याकरको निशानामा कलाकार-Sutra News

ह्याकरको निशानामा कलाकार

शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार, १३ चैत्र २०७७

काठमाडौं- फिल्म पाइरेसीको समस्या भोगिरहेका नेपाली कलाकारले अब सामाजिक सञ्जाल ह्याक गर्ने ह्याकरसँग पनि भिड्नु पर्ने भएको छ ।



बिहीबार एकैदिन दुई चर्चित कलकारको फेसबुक अकाउन्ट ह्याक भएको छ । निर्देशक तथा कलाकार दिपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक एकैदिन ह्याक भएको छ ।

दिपाश्रीको फेसबुक ह्याक गरि ह्याकरले ‘छक्का पन्जा’ का सहनिर्माता सुमन गिरी (भञ्जा) सँग पैसा मागेको बताएको छ । ह्याकरल आफ्नो बच्चा बिरामी भएर हस्पिटल लैजानु परेको भन्दै पैसा मागेको बताएको छ ।

यता खनालको म्यासेन्जरबाट देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिसँग पैसा मागेको तथा अपशब्द प्रयोग गरि बोलाएको बताइएको छ ।

त्यस्तै केही दिनअघि गाएक शिव परियार र रगंकर्मी दयाराम पाण्डेको पनि फेसबुक ह्याक भएको थियो । फेसबुक ह्याक भएपछि कालाकारहरू यतिखेर प्रहरीको सहायता लिन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट