४४१६ मा पिसिआर गर्दा १५६ लाई कोरोना-Sutra News

४४१६ मा पिसिआर गर्दा १५६ लाई कोरोना

शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार, १३ चैत्र २०७७

काठमाडाैं- नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 



बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ७० जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट