मर्निङवाकमा ननिस्कनूः स्वास्थ्य मन्त्रालय-Sutra News

मर्निङवाकमा ननिस्कनूः स्वास्थ्य मन्त्रालय

शुक्रबार, १३ चैत्र २०७७

शुक्रबार, १३ चैत्र २०७७

काठमाडौं- काठमाडौं उपत्यकाको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन साथै बिहान मर्निङवाकमा ननिस्कन आग्रह गरेको छ ।



शुक्रबार दिउँसो एक्कासी काठमाडौंको आकाश धूमिल बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण पूर्ण रुपमा प्रभावित बनेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

‘घरबाहिर खुल्ला स्थानमा नबसौं, नखेलौ, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौं,’ मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ ।

घरबाहिर निस्कनै परे मास्कको प्रयोग गरी आवश्यक सचेतता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट