काठमाडौं- पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो ।
मष्तिषघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।
मस्तिष्कघातका कारण उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि जोशीको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
उनको नधनसँगै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् ।
सभापति शेरबहादुर देउवाले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
वि.सं.२०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।