काठमाडौं- काठमाडौं विश्वको वायु प्रदूषित शहरको एक नम्बरमा परेको छ ।
वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले काठमाडौंलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ ।
काठमाडौंपछि दोस्रो नम्बरमा चीनको राजधानी बेइजिङ परेको छ ।
आईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) १ सय ९४ पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ ।
एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।