काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले वादविवाद आफू समान वा सिनियरसँग गर्दा सिक्ने मौका मिल्ने भन्दै कटाक्ष गरेका छन् ।
एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार राति ट्वीट गर्दै भट्टराईले भनेका छन्- वादविवाद पनि आफू समान वा आफूभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाइदा हुन्छ । किनकी आफुले केही सिक्के मौका पाइन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।
तर उनले यो को प्रति कटाक्ष गरेका हुन्न केही खुलाएका छैनन् ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच जुहारी चलिरहेका बेला नेपालपक्षीय नेता भट्टराईले गरेको यो ट्वीट अर्को पक्षप्रति हुन सक्ने आकलन गरिएको छ ।