गुल्मी- आफ्नै पिताबाट बलात्कृत भइ गर्भधारण गरेकी किशोरीले छोरा जन्माएकी छन् ।
गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको तथ्य सार्वजनिक भएको हो ।
पीडित बालिकाकै आमाले दिएको जाहेरीकाअनुसार प्रहरीले बलात्कारमा संलग्न पितालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
आइतबार पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।