संगठन विस्तार गर्न अखिल क्रान्तिकारीले तोक्यो प्रदेश कमाण्डर-Sutra News

संगठन विस्तार गर्न अखिल क्रान्तिकारीले तोक्यो प्रदेश कमाण्डर

आइतबार, १५ चैत्र २०७७

आइतबार, १५ चैत्र २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियूको राष्ट्रिय सम्मेलन आउँदो असोजमा तोकिएको छ ।



शनिबार बसेको अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय समितिको विस्तारित बैठकले असोज ८ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले संगठन विस्तार तथा शुद्धीकरणका लागि अभियान संचालन गर्ने निर्णय गरेको उपाध्यक्ष दिपेश पुनले जानकारी दिए ।

संगठन विस्तार तथा शुद्धीकरणका लागि सातै प्रदेशमा कमाण्डर तोकिएको छ । जसमा प्रदेश १ मा तिलकराज भण्डारी, प्रदेश २ मा दीपक देवकोटा र वागमतीमा उत्तम अधिकारी गण्डकीमा सुरेन्द्र बस्नेत, लुम्बिनीमा ईन्द्र भुसाल, कर्णालीमा दिपेश पुन र सुदूरपश्चिममा विजय गौतम छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट