काठमाडौं- आज होली पर्वका अवसरमा ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ ।
मदिरा सेवन गरी सवारीसाधन दुर्घटना कम गर्न उपत्यकाका चोक-चोकमा ट्राफिक प्रहरीले चेकिङ कडा पारेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिउँसो १ बजेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाट दुई सय २३ सवारीसाधन समातिएका छन् ।
महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले आज ट्राफिक चेकिङ कडा पारिएको जानकारी दिए ।
उनले भने, ‘उपत्यकाभित्रका ९० ठाउँमा चेकिङ प्वाइन्ट राखेका छौँ । पर्वलाई मध्यनजर गरी दुर्घटना कम गर्ने लक्ष्य राखेर चेकिङ गरेका हौँ ।’