काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नि सापकोटासँग भेट गरेका छन् ।
पछिल्लो समयमा संसद चलाउने विषयमा असमझदारी चलेको चर्चाकाबीच प्रधानमन्त्रीलाई भेट्न सापकोटा बालुवाटार गएका हुन् ।
दुईबीचको भेटमा संसद् बैठक र विचाराधीन विधेयकलाई अघि बढाउने विषयमा छलफल भएको बुझिएको छ ।
प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको कदमलाई सभामुख सापकोटाले विरोध गरेपछि दुईबीचको सम्बन्ध बिग्रिएको थियो ।