तनहुँ- जिल्लाको ऋषिङ गाउँपालिका-१ झापुटारमा आइतबार सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो ।
स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इनारमा डुबेर घाइते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।