दाङ- यातायात मजदुरले चैत १७ गतेदेखि यातायात बन्द गर्ने भएका छन् । मजदुरले विभिन्न माग राख्दै यात्रुबाहक सवारीसाधन अनिश्चित कालका लागि ठप्प पार्ने बताएका हुन् ।
यातायात मजदुरसँग सम्बन्धित विभिन्न संघ संगठनले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पहिलो चरणअन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पुरा नभए सम्पूर्ण यातायात क्षेत्र अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका हुन् ।
यातायात मजदुर तथा बुकिङ कर्मचारीले सहज रूपमा तलबभत्ताको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातायात प्रालिले लागू गरी कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुण्पर्ने, नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ, तीनवटै मजदुर ट्रेड युनियनबीच भएको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने र नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताका आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीलाई समावेश गराउनुपर्ने माग राख्दै मजदुरले बन्दको घोषणा गरेका राजधानीमा प्रकाशित छ ।