एजेन्सी- फिफा विश्वकप छनौटअन्तर्गत फ्रान्सले पहिलो जित निकालेको छ ।
गएराति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गदै फ्रान्सले पहिलो जित निकालेको हो ।
काजकिस्तानको मैदानमा भएको खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो ।
यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।