बाग्लुङ घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग-Sutra News

बाग्लुङ घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग

सोमबार, १६ चैत्र २०७७

सोमबार, १६ चैत्र २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाग्लुङको घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।



कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकार समक्ष माग गरेका हुन् ।

बागलुङको बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा नै विवाद हुँदा दुई युवाको हत्या भएको थियो । घटनामा प्रकाश कुँवर र दिपक नेपालीले जीवन गुमाएका थिए । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् ।

दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिएको शर्माले बताए ।

‘प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ,’ विज्ञप्तिमा भनिएको छ ।

शर्माका अनुसार घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल गएको छ ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कारबाही अघि बढाउन शर्माको माग छ ।

166077953_2017404628412085_4842557122422342062_o.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट