पानी भन्दै एसिडले छ्यापेपछि तीनजना घाइते-Sutra News

पानी भन्दै एसिडले छ्यापेपछि तीनजना घाइते

सोमबार, १६ चैत्र २०७७

सोमबार, १६ चैत्र २०७७

काठमाडौं- होली खेल्ने क्रममा पानी भन्दै एसिड छ्यापेपछि तीन जना घाइते भएका छन् ।



काठमाडौंको शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।

किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो ।

उनीहरूको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट