काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालबीच सोमबार भेटवार्ता भएको छ ।
माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ ।
त्यसअघि दुई नेताबीच कोटेश्वरस्थित एक निजी घरमा भेट भएको स्रोतले जानकारी दिएको छ ।
भेटमा समयसामयिक विषयमा पनि कुराकानी भएको नेताहरूले बताएका छन् ।