नेपालमा ९८.४ प्रतिशत कोरोना संक्रमित निको भए-Sutra News

नेपालमा ९८.४ प्रतिशत कोरोना संक्रमित निको भए

सोमबार, १६ चैत्र २०७७

सोमबार, १६ चैत्र २०७७

काठमाडौं- नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३१२२ मा पिसिआर गर्दा १४१ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट