काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेपछि माधव नेपाल-झलनाथ खनाल समूहको स्थायी कमिटी सदस्यहरु बैठक आज बस्दैछ ।
नेपालसहित भीम रावललाई ओलीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि सो समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बस्न लागेको हो ।
बैठक १२ बजेका लागि बोलाइएको छ । बैठकमा ओलीविरुद्ध रणनीति बनाइने बताइएको छ । उनीहरुले अब ओलीविरुद्ध वार कि पारको रणनीति बनाउनसक्ने सम्भावना छ ।
ओलीले एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग पनि दोस्रोपटक स्पष्टीकरण मागेका छन् ।
गत चैत ७ गते बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेता नेपाल रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।