भुसालले ओलीलाई पत्रमार्फत भने- क्रान्ति त अघि बढ्छ, बढ्छ, आज वा भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ-Sutra News

भुसालले ओलीलाई पत्रमार्फत भने- क्रान्ति त अघि बढ्छ, बढ्छ, आज वा भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ

मंगलबार, १७ चैत्र २०७७

मंगलबार, १७ चैत्र २०७७

काठमाडौं- नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।



ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दै उनले उनले बुझाएको स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? भनि प्रश्न गरेका छन् ।

‘पार्टीलाई बन्धक बनाएर तपाईंले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईंले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरू भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग-बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनर्जीवित गर्न सक्छन्’, उनको पत्रमा भनिएको छ, ‘मेरो लाख-लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट