नेकपा नामबारे सर्वोच्चमा पुगेर प्रचण्डले के भने ?-Sutra News

नेकपा नामबारे सर्वोच्चमा पुगेर प्रचण्डले के भने ?

मंगलबार, १७ चैत्र २०७७

मंगलबार, १७ चैत्र २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा आधिकारिकता विवादमा सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला अप्राकृतिक र अस्वभाविक भएकोले पुनरवलोकनमा जानु परेको बताएका छन् ।



मंगलबार सर्वोच्च अदालत पुगेर फैसला पुनरावलोकन निवेदन दर्ता गराएका उनले चाँडै नै अदालतले फैसला पुनरावलोकन गर्ने विश्वास व्यक्त गरे ।

‘२३ फागुनमा पार्टीको नामसम्बन्धी अदालतले गरेको फैसला अस्वभाविक, अप्राकृतिक छ भनेका थियौं । आज म पहिलोपटक अदालतको फैसला स्वभाविक र प्राकृतिक भएन भनेर पुनरवलोकनमा आएको हुँ । हामीले पुनरवलोकनको निवेदन दर्ता गराएको छौं,’ निवेदन दर्ता गराएपछि प्रचण्डले भने, ‘हामीलाई के विश्वास छ भने अदालतते पहिले पनि कतिपय फैसलामा टिप्पणी भएपछि पुनरवलोकन गरेको छ । स्थायित्व, शान्ति र समृद्धिका लागि एकतावद्ध भइसकेका दललाई अदालत सोही बाटोमा हिडाउँछ भन्ने विश्वास लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट