निर्वाचनमा जाँदा लोकतन्त्र संकटमा पर्दैनः प्रधानमन्त्री-Sutra News

निर्वाचनमा जाँदा लोकतन्त्र संकटमा पर्दैनः प्रधानमन्त्री

मंगलबार, १७ चैत्र २०७७

मंगलबार, १७ चैत्र २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै संकट नपर्ने बताएका छन् ।



रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमाम आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनर्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको जनाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा नरहेको उल्लेख गर्दै उहाँले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्ने प्रतिप्रश्न गरे

उनले भने, ‘प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ । त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ ?’

उनले केही नेताको राजनीतिक संकटमा परेको भए पनि मुलुकलाई संकट नपरेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले पुनर्थापनाको फैसला हुँदा विजययात्रा गर्नेहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतालाई साविककै अवस्थामा फर्काउने फैसला गर्दा विरोध गरिनु विरोधाभाष भएको प्रतिक्रिया दिए ।

एमालेका अध्यक्ष ओलीले मिसन पत्रकारिताका नाममा हुने विकृति रोकिनुपर्ने सुझाव दिँदै क्लबको वार्षिकोत्सवमा शुभकामना दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट