नेपाली सेनालाई भारतीय सेनाले दियो एक लाख डोज खोप-Sutra News

नेपाली सेनालाई भारतीय सेनाले दियो एक लाख डोज खोप

मंगलबार, १७ चैत्र २०७७

मंगलबार, १७ चैत्र २०७७

काठमाडौं- भारतीय सेनाले नेपाली सेनालाई मंगलबार सहयोग स्वरुप एक लाख डोज कोभिडबिरुद्ध खोप प्रदान गरेको छ ।



जंङ्गी अड्‍डामा आयोजित एक कार्यक्रमबीच भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेले भिडियो कन्फ्रेसिङमार्फत नेपाली सेनाप्रमुख महारथि पूर्णचन्द्र थापालाई खोप ग्रहण गर्न अनुरोध गरेका थिए ।

अनुरोधपछि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप सेनापति थापालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा भिडियो कन्फ्रेसिङ मार्फत बोल्दै जनरल नरवणेले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

प्रत्युत्तरमा सेनापति थापाले सहयोगको लागि जनरल नरवणे, भारतीय सेना तथा भारतिय सेनाको सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै यस सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने, महामारी बिरुद्धको लडाइमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने भन्दै यस कार्यबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट