प्रदेश सरकार धरापमा, विश्वासको मत लिन कर्णालीका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र-Sutra News

प्रदेश सरकार धरापमा, विश्वासको मत लिन कर्णालीका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

बुधबार, १८ चैत्र २०७७

बुधबार, १८ चैत्र २०७७

काठमाडौं- कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गराएका छन् ।



कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाएको पत्रमा नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराइएको छ ।

एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन चैत ४ गते फिर्ता लिएको थियो । तर माधव समूहमा रहेका केही प्रदेशसभा सदस्यहरुले भने समर्थन कायमै रहेको बताएका थिए । तर पछिल्लो समय माधव समूह पनि शाही सरकार ढाल्न सहमत भएको बुझिएको छ ।

प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री शाहीलाई पठाइएको पत्रमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षणपत्र प्रेषित गरिएको उल्लेख छ ।

संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत जित्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट