रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता आजदेखि-Sutra News

रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता आजदेखि

बुधबार, १८ चैत्र २०७७

बुधबार, १८ चैत्र २०७७

काठमाडौं- रेडियो नेपाल स्थापनाको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता आज सुरु भएको छ ।



प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पुर्याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे ।

रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, संगीत एवम् मनोरञ्जनका माध्यमबाट टेवा पुर्‍याउँदै आएको बताए ।

संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीतसंगीत प्रस्तुत गर्दै आएको बताए ।

प्रतियोगितामा ३१ वटा गीतसंगीत प्रस्तुत गरिनेछ । रेडियो नेपालको वार्षिकोत्सव यही चैत २० गते हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट