चैत २३ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : माओवादी केन्द्र-Sutra News

चैत २३ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : माओवादी केन्द्र

बुधबार, १८ चैत्र २०७७

बुधबार, १८ चैत्र २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने नेकपा माओवादी केन्द्रले जनाएको छ।



प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ मा वर्तमान सरकार ७६(१) अनुसार भएको बताएपनि फागुन २३ को फैसलाले ७६ (२) आकर्षित भएको बताउँदै विश्वासको मत लिनुपर्ने बताएका हुन्।  ।

‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ’, उनले भने ।

dev gurung.png

नेपालको संविधानको धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

गुरुङले भने, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ। अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ ।’

उनले सो मिति भित्र विश्वासको मत नलिएको खण्डमा सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट